हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित बरुटे कुमलटारमा रहेको कृष्ण आधारभुत विद्यालयको विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । समाजसेवी तथा निवर्तमान जिल्ला भलिबल संघका उपाध्यक्ष ईन्द्र प्रसाद संजेल र सरस्वती संजेलले आईतबार विद्यालय परिसरमै पुगेर विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको छ ।

गरिब , दलित ,टुहुरा र पिछडिएका विद्यार्थीहरुलाई थोरै भएपनि पढ्नमा राहत पुगोस भन्ने हेतुले २५ जना विद्यार्थीलाई सहयोग गरेको संजेलले बताएका छन् । जाडोयाम बढेसँगै पढ्न आउन जान केही मात्रमा सहज होस भनेर सहयोग गरेको उनले बताए । उनले सो विद्यालयमा अध्ययन गर्ने तीन जना टुहुरा विद्यार्थीलाई पढाउने प्रतिबद्ध समेत जनाएको छ । गरिब , दलित, टुहुरा विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा मनमा शान्ती हुने उनले बताए ।