
२२ साउन, काठमाडौँ । काठमाडौँकाे बालुवाटारस्थित इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा लागेको आगो नियन्त्रणमा आएको छ । सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो । जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको प्रहरीले जनाएकाे छ । नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरेर आगो निभाउन खाेजेपनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएका कारण त्रिभुवन विमानस्थलबाट दमकल बोलाएर साढे २ बजे नियन्त्रणमा लिइएकाे हाे । आगलागीपछि सुविसुको सम्पुर्ण सेवा अवरुद्ध भएको छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






