
मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको अध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तहका प्रमुख-उपप्रमुखको उपस्थिती रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र सबै स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, हेटौंडा उपमहानगरका १९ वटै वडाका अध्यक्ष, संघका पदाधिकारी, सल्लाहकार तथा व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




