मकवानपुरमा पनि दैनिक कोरोना संक्रमण दर बढिरहेको छ । मंगलबार मात्रै मकवानपुरमा २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ८८ जनामा गरिएको परीक्षणमा २ सय ८५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुका अनुसार २ सय ८२ जनामा पिसिआर र १ सय ६ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः २ सय १६ र ६९ जना गरी थप २ सय ८५ जनामा कोरोना पुटि भएको छ । यो संगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको छ ।