प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै आज बुधबार नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस गरेको छ । त्यस्तै वागमती प्रदेशको राजधानी हेटौंडामा पनि विजय जुलुस गरेको छ । हेटौं–४ मा रहेको भुटनदेवि स्कुलको चौरबाट निस्किएर नगरको विभिन्न स्थान हुँदै सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

No description available.

विजय जुलुसमा सर्वोच्च अदालत धन्यबाद, केपी ओली बाई बाई, नेकपा जिन्दाबाद जस्ता नाराहरु लगाएका थिए । जुलुस र्‍यालीमा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल , प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, कुमारी मोक्तान लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।