यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरमा अनुदानबाट घर निर्माण गर्न पाउने


मकवानपुरको ६ सय ७३ घरको सुरक्षित नागरिक आवास निर्माणको लागि आवास सख्या निर्धारण भएको छ । यस अघि बिभीन्न समस्याका कारण घर निर्माण गर्न समस्या भोग्दै आएपनि अव भने पुन निर्माण प्राधिकरणको अनुदान रकमबाट घर निर्माण गर्ने बाटो खुलेको हो । मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाको संयोजकत्वमा भएको बैठकले सुरक्षित आवास निर्माण गर्नका लागि निर्णय गरिएको हो ।

Advertisement
जिल्ला समन्वय समिति मकवानपुरमाआज बसेको बैठकले यो निर्णय गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल सहित मकवानपुरका विभीन्न स्थानीय तहका अध्यक्षहरुको सहभागितामा बैठक बसेको हो । बैठकले मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नम्बर १, ३, ११ र १९ मा एक सय घर, भीमफेदी गाउँपालिकामा ५० घर, कैलाश गाउँपालिकामा ७५ घर, मकवानपुर गढी गाउँपालिकामा ५० घर, मनहरी गाउँपालिकामा एक सय घर, राक्सीराङ गाउँपालिकामा एक सय ७३ घर, इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणको लागि निर्णय भएको हो । यसअघि भुकम्पमा घर ढलेपनि घर निर्माण गर्नका लागि आफ्ना जग्गाको लालपुर्जा नभएकाहरुका लागि यो निर्णय गरिएको सांसद खतिवडाले बताए ।

