हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले आफ्नो जन्मदिन चेपाङ बालबालिकालाई सहयोग गरेर मनाएका छन् । हेटौंडा –१९ को बासुदेबका चेपाङ बालबालिालाई जाडो महिनामा न्यानो कपडा वितरण गरेर आफ्नो जन्मदिन मनाएको हो । ३० जना चेपाङ बालबालिकालाई उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको आतिथ्यतामा न्यानो कपडा वितरण गरेका हुन् । जाडोमा न्यानो कपडा पाएपछी बालबालिका निकै खुसी भएका छन् । कार्यक्रममा हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतकाको आतिथ्यता रहेको थियो ।