Comments Add Comment

नर्सिङ पेशालाई सम्मान गर्न चितवनका नर्सको माग

साउन ३२ गते – बिरामीको जीवन रक्षासँगै जीवनदामा महत्वपूर्ण अंग मानिने नर्सिङ पेशामा उच्च मनोबलका साथ काम गर्ने वाताबरण छैन । लार्खौ खर्चेर नर्सिङ पढेपनि उचित तलव नपाउनु,सम्मान नपाउनु पीडादायी विषय हो । तै पनि नागरीकको स्वास्थ्यमा रातदिन खटिरहेका हुन्छन् । शुक्रवार भरतपुरमा सुरु भएको खोजमुलक उत्प्रेरणा दृष्टि विषयक प्रशिक्षण कार्यक्रममा पनि नर्सिङ पेशाको सम्मान हुन नसकेको आवाज उठ्यो । नेपाल नर्सिङ संघ चितवनकी अध्यक्ष माया पाण्डेले नर्सिङ स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने वताईन् । त्यसका लागि राज्यले उचित निति निर्माण गरेर कार्यान्वयन गर्नु पर्ने उनको भनाई छ ।

चितवनमा करिव ५ हजारको हाराहारीमा नर्सहरु छन् । चितवनलाई मेडिकल सिटीको रुपमा लिने गरिएपनि स्वास्थ्यकै एक महत्वपूर्ण पाटो नर्सिङ पेशा अपहेलनमा परेको उनीहरु वताउँछन् । प्रोफेन्सीयल सर्टिफिकेट लेवल (पिसिएल) पढ्नका लागि कम्तीमा ४ लाख लागेपनि कुल खर्च ७,८ लाख रुपैया लाग्छ । ४ वर्षिय स्नातक सम्म पढ्न सवै गरि १२ लाख सम्म खर्च हुन्छ ।

विश्व स्वास्थ्य संगठनले १ जना जनरल वार्डमा १ जना नर्सले वढिमा ७ जना विरामी हेर्न सक्ने भनेको छ तर नेपालमा १ जनाले ५० जना सम्मको सेवा गर्नु पर्ने वाध्यता रहेको नेपाल नर्सिङ संघका केन्द्रिय सदस्य रमेश सुव्वाको भनाई छ । न्युनतम तलवबाट वञ्चित उनीहरुको तलव सुनिश्चितसँगै सवै सेवा दिनु पर्ने प्रतिनिधी सभा सदस्य कृष्ण भक्त पोखरेल बताउछन् ।

स्वास्थ्य सेवालाई अझ वढि गुणस्तरीय वनाउन नर्सिङ पेशालाई सम्मानजनक हिसावले हेर्नु पर्ने हुन्छ तर यहाँ नर्सको पीडा कस्ले बुझने । नर्सिङ पेशालाई सम्मान जनक र व्यवस्थित वनाउन सरकार आँफै लाग्न आबश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर