Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडा–१६ मा विभिन्न पार्टी परित्याग गरी १४५ जना कांग्रेसमा प्रवेश

Company Register

हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१६ मा एक सय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलगायतले नव प्रवेशीलाई टीका र खादा लगाएर पार्टीको सदस्यता प्रदान गरेका थिए । निर्वाचित वडाध्यक्ष एवम् कांग्रेसका वडा सभापति रामकृष्ण कोइरालाको अध्यक्षतामा पार्टी प्रवेश तथा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले मुलुकलाई खोक्रो बनाएको आरोप लगाउदै कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पुर्याए पनि उनीहरुले जनताको भावनाअनुसार काम गर्न नसकेको बताए । नवप्रवेशीलाई सम्बोधन गर्ने क्रममा बानियाँले उनीहरुको क्षमता र क्रियाशीलताको आधारमा पार्टीमा भूमिका दिने पनि प्रतिवद्धता जनाए । कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय जिल्ला सदस्य कृष्णप्रसाद दाहाल र नामदेव शिलवाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा(६ का निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, कृष्णप्रसाद दाहाल, स्थानीय नेता सोमबहादुर मोक्तान, सुरेश तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक गायक गायिका प्रतिमा अर्याल र दिपेन्द्र पुन मगरले सांगितिक प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...