यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

जन प्रवाह क्लवको हेटौंडामा दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान


हेटौडा उपमहानगरपालिका– ५ शान्तिनगरमा जनप्रवाह क्लबले शनिबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष हरि बहादुर कुवँरको अध्यक्षतामा बैठक बसी दिपावली तथा छठपर्वको पूर्वसन्ध्यामा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम जनप्रवाह क्लबले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष कुवँरले दिपावली तथा छठ पर्वको शुभकामना दिदै कोभिड १९ ले विश्व नै ग्रसित रहेको र देश , टोल पनि अछुतो रहन नसकेको कारण आफ्नो घरमा , टोलमा सुरक्षा मापदण्ड अपनाई बस्न , खानपानमा ध्यान दिन , समाजमा सबै मिलेर अगाडि बढ्दा मात्र समिद्ध टोल , समाज बन्ने अवगत गराउँदै देउसी भैलोको कार्यक्रम समेत यो वर्ष स्थगित रहेको बताए ।

Advertisement
त्यसैगरी, शुभकामना मन्तब्य क्लबका सल्लाहकार देव बहादुर बुढाथोकीले राखेका थिए भने शुभ कामना मन्तव्य क्लवका सल्लाहकार शेखर ढुङ्गानाले राखेका थिए । कार्यक्रममा उपाध्यक्ष सुरेश पूरी , सह सचिव गोपाल पाठक , कोषाध्यक्ष राजु कुवँर र सदस्यहरु रमेश स्याङ्तान , प्रशान्त भुजेल , नरहरि चौलागाईं , मिलन सेडाइ , वैकुण्ठ खड्का , उदय बजगाईं लगायतको उपस्थिती रहेको थियो ।