हेटौंडा –९ मा २९ लाखको लागतमा गुम्बा निर्माणका लागि शिलान्यास गरिएको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गुम्बाको शिलान्यास गरेको छ । कार्यक्रममा बोल्दै मेयर महतले हरेक समुदायको आफ्नो धर्म, संस्कृति रहेकाले यसको जगेर्ना गर्नुपर्ने बताए । अरु बिभीन्न भवन निर्माणका कामसंगै गुम्बा निर्माणमा पनि आफुहरुले प्राथमिकता दिएको बताए । दुइतले सुबिधा युक्त गुम्बा निर्माण हुने भएपछि स्थानिय हर्षित भएका छन् ।