Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विश्वसुन्दरी मकवानपुरको चेपाङ्ग गाँउमा

Company Register

मिस वर्ल्ड २०१९ की बिश्वसुन्दरी टोनी एन सिहं शुक्रबार मकवानपुरको कैलाश गाउँपालिकाको तामलाङमा आईपुगेका छन् । उनीसहितको टोली शुक्रबार तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि पुगेका हुन । उनीसँगै मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु चेपाङ्ग बाहुल्यता रहेको सो गाउँमा पुगेका हुन् । पाहुनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरुले स्वागत गरेका थिए ।

Advertisement

तामलाङमा ङिको स्वास्थ्य चौकी मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडाले निर्माण गरेकी हुन् । मिस वर्ल्ड २०१८ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले यही प्रोजेक्टबाट ब्यूटी अफ पर्पसको टाइटल जितेकी थिइन् । स्वाथ्यचौकीको अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कार्यक्रममा पुर्व सभासद गोविन्दराम चेपाङ्ग, बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...