फोटो जेनिक वल्ड हेटौंडा परिवारले ३३ विद्यार्थीलाई ब्याग तथा स्टेश्नरी सामग्री वितरण गरेको छ । हेटौंडामा रहेर सामाजिक सञ्जाल मार्फत विभिन्न ठांउमा सामाजिक काम गर्दै आएको यो ग्रुपले बुधबार मकवानपुर गढी गांउपालिका वडा न. ५ मा रहेको ज्योति प्रा.वि.का विद्यार्थीलाई ब्याग तथा स्टेश्नरी सामग्री वितरण गरेको छ ।

कक्षा १ देखि ३ सम्म अध्ययनरत ३३ विद्यार्थीलाई ब्याग तथा स्टेश्नरी सामग्री वितरण गरिएको छ । ग्रुपले अगामी दिनमा विद्यार्थीलाई आवश्यक पर्ने सबै सामग्री समेत सहयोग गर्ने बताएका छन् ।

त्यस्तै ग्रुपका एक सदस्यको जन्मदिनको अवसर पारेर उनको नाममा केक काटेर विद्यार्थीहरुलाई खुवाएर मनाएका छन् । दाङ घर भई हाल दुबईमा रहेका उमेश भण्डारीले आफ्नो जन्मदिन यसरी मनाउन ग्रुपका अन्य सदस्यहरुलाई भनेका थिए ।