Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोना भाइरस संक्रमण : डब्लुएचओद्वारा ‘विश्वव्यापी महामारी’ घोषणा

Company Register

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो । भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ ।

Advertisement

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए । उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् । उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आपतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्। हाल १ सय २० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ भने ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा १ लाख २६ हजार बढी संक्रमित भएका छन् । संक्रमितमध्य ६७ हजारलाई उपचार पछि निको भएको जनाइएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...