Breaking
4 Dec 2024, Wed

विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव छैन: स्वास्थ्य सेवा विभाग

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले विदेशबाट नेपाल आउने सबैलाई सरकारले क्वारेन्टाइनमा राख्न सम्भव नभएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कोरोना भाइरसको विषयमा आयोजना गरीएको अन्तक्रियामा बोल्दै विभागका महानिर्देशक श्रेष्ठले त्रिभुवन विमानस्थलबाट आउने सबै व्यक्तिलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएका हुन् । ‘जसलाई कोरोनाको आशंका गरीन्छ त्यो व्यक्तिलाई क्वारेन्टाइनमा होइन आइसोलेसनमा राख्छौं । केही दिन अघि कोरियाबाट आएका दुईजना मध्ये एकजनामा ज्वरो देखियो, हामीले ज्वरो आएको व्यक्तिलाई कोरोना परीक्षणका लागि अस्पतालको आइसोलेसनमा राख्यौं, ज्वरो नआएको व्यक्तिलाई छाडिदियौं,’ श्रेष्ठले भने, ‘ज्वरो नआएकोलाई क्वारेन्टाइन गर्न सम्भवन नै छैन, चाइनाको हुवेइ शहर बन्द भएर नेपाल ल्याइएका व्यक्ति भएर मात्र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।’

श्रेष्ठले विदेशबाट स्वतन्त्र रुपमा स्वदेश फर्किने नेपालीहरु होम क्वारेन्टाइमै रहनुपर्ने बताए । ‘कुनै एउटा शहरभरी कोरोना फैलिएर त्यहाबाट सबैलाई ल्याउने भयो भने मात्र उनीहरुलाई क्वारेन्टाइमा राख्ने हो । तर, आम मानिसहरु जा,े स्वतन्त्र रुपमा आउँछ, सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव छैन, उहाँहरुलाई हामीले सन्देश दिएका छौं, घरमै छुट्टै बस्नुस् भनेर । त्यो नै होम क्वारेन्टाइन हो । सारा संसारलाई सरकारले क्वारेन्टाइमा राख्न त सम्भव छैन ।’

Ad
Ad