पछिल्लो समय चर्चामा आएका मकवानपुरका चर्चित गायक तथा संगीतकार प्रकाश तामाङ्ग (तितुङ)को अर्को नयाँ तामाङ्ग सेलो गीत बजारमा आएको छ । आइतबार मोक्तान डिजिटल युट्युब च्यानलबाट ‘छामेला सोइनाम’ बोलको नयाँ तामाङ्ग सेलो गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायक तितुङको शब्द र श्वर रहेको छ भने फिमेल भोकल अस्मिता रुम्बाको रहेको छ । म्युजिक भिडियोमा भिमफेदी गाईजको अभिनय देख्न सकिन्छ भने अनिता गोलेले सो ग्रुपलाई साथ दिएको छ । म्युजिक भिडियोको निर्देशन भिमफेदी गाईजका निर्मल लामाले गरेको छ । सर्गम स्टुडियो बौध्दमा रेकर्डिङ गरिएको गीतलाई चन्द सिंहले एरेन्ज गरेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेको छ । भिडियोेलाई पवन तामाङ्गले कलरिङ्ग गरेको छ ।

हेर्नुहोस् म्युजिक भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू