काठमाडौं– गायक प्रकाश सपुत र नायिका आँचल शर्मा   फेरि एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्।  गायक लोक पौडेल र गायिका मेलिना राईको युगल गायनमा रहेको ‘बेरुवाको औंठी’ बोलको म्युजिक भिडियोमा गायक सपुत र नायिका शर्मा देखिएका हुन्।

लोक फ्लेवरको गीतमा  दिपक शर्माको शब्द, संगीत रहेको छ।  नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्।  अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा  पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ।  बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।

भिडियो सार्वजनिक भएको २४ घण्टा नवित्दै भिडियोलाई दर्शक स्रोता बाट साथ र सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ।  मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू