काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले सार्वजनिक गरेको व्यंग्यात्मक म्युजिक भिडियो ‘आलु जस्तो गायक…’ केही घण्टामै युट्युबको नेपाल ट्रेण्डिङको पाँचौँ नम्बरमा परेको छ । 

यो समाचार तयार पार्दासम्म सो गीत युट्युबको नेपाल ट्रेण्डिङको चौथो नम्बरमा परेको हो । 

सो गीतमा आफूले प्रकृति र समाजबाट गीत गाउन सिकेको र कुनै व्यक्ति विशेषबाट नसिकेकाले कसरी ‘सुर ताल’ जानौँ भनेर उनले व्यंग्य गरेका छन् । 

सो गीतमा दुर्गेशको स्वर र बसन्त थापाको संगीत र शब्द सृजना रहेको छ । शिव विकको निर्देशन रहेको उक्त गीतको भिडियोमा दुर्गेशका साथै पल शाह, सारिका केसी र पुष्प खड्कालाई फिचरिङ गरिएको छ । 

भिडियो हेर्नुहोस्