Comments Add Comment

हेटौँडामा भव्य गाईजात्रा मनाउने , मनोज गजुरेल , सुवोद गौतम , काउली बुढी आादि कलाकारहरुको प्रस्तुती रहने

प्रदेश नम्बर ३ को अस्थायी राजधानी रहेको हेटाँैडामा पहिलो पटक यस वर्ष गाईजात्रा भव्यरुपले मनाउने भएको छ । देशका चर्चीत हास्यब्यङग्य कलाकारहरुको उपस्थितिमा हेटौँडामा पहिलो पटक गाईजात्रा मनाउने भएको हो । प्रदेश प्रदेशमा गाईजात्रा अभियान अन्र्तगत प्रदेश ३ को राजधानी हेटाँैडामा पहिलो पटक मनाउने भएको छ ।

उरिया ३२५ बि २ अन्र्तगतका सम्पुर्ण लायन्स तथा लियो क्लबहरुको संयुक्त सहकार्यमा आउदाँे भदौ २ गते गाईजात्राकै दिन हेटाँैडाको ओम्याक्स हलमा गाईजात्रा मनाउने आयोजकले जनाएको छ । हेटौँडामा आईतबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारे जानकारी गराईएको थियोे । कार्यक्रमबारे जानकारी दिनुहुदै कार्यक्रम संयोजक अन्जन दाहालले कार्यक्रमबाट उठेको रकम सामाजिक काममा खर्च गर्ने बताएका छन् । जात्रा हर्नका लागि एक हजार रुपँैया दरको टिकट राखिएको र करीब चार सय दर्शकहरु हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुवोध गौतम , रवि डुङगेल, सन्ध्या बुढा, जोगिन्दर रिजाल, यमन श्रेष्ठ लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर