
दक्षिण कोरियाको एक कम्पनिसँग नेपालको दुई निर्माण कम्पनिले सम्झौता गरेका छन् । आईतबार एसवाई प्यानल नेपालको कर्पोरेट कार्यालयमा नेटिभ हाउजिङ समुह र निर्माण संसारले सहकार्य गर्ने गरी सम्झौता गरेका हुन् । नेटिभ हाउजिङ समुहले इटहरी र धरानमा निर्माण गर्न लागेका सामुदायिक भवनहरुमा एसवाई कम्पनिको उत्पादन स्याण्डविच प्यानल , युपिभिसी झ्याल र स्टीलको ढोका प्रयोग गर्ने भएको छ ।
सम्झौतामा एसवाई प्यानलको तर्फबाट प्रबन्ध निर्देशक ली सल वोङ र नेटिभका अध्यक्ष राम मगरले हस्ताक्षर गरेका थिए ।
त्यसै गरी आईतबार नै नेपाली कम्पनि निर्माण संसार प्रालि र एसवाई प्यानल नेपालबीच सम्झौता भएको छ । निर्माण संसारले हाल भारत ,चीन लगायतको देशबाट स्याण्डवीच प्यानल , युपिभिसी झ्याल र विभिन्न निर्माण सामग्रीहरु आयत गरेर कारोबर गरिरहेको छ । सम्झौतामा एसवाई प्यानलको तर्फबाट प्रबन्ध निर्देशक ली वोङ र निर्माण संसारका तर्फबाट नारायण रेग्मीले हस्ताक्षर गरेका थिए ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






