काठमाडौं – गायक तथा सर्जक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा गीत ‘सारङ्गी र्याई र्याई’ सार्वजनिक भएको छ ।
गायक शर्माकै शब्द तथा सङ्गीतमा रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडिओमा गायक शर्मा र मोडल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।