
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् । विश्वास प्रश्तावको विपक्षमा १२४ मत खसेका छन् ।
Tags
No tags
About the Author
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






