Comments Add Comment

पानी तान्ने मोटरबाट करेन्ट लागेर बारामा एकको मृत्यु

साउन २८, २०७६ बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पानी तान्ने मोटर चलाएर पक्की घर सरसफाई गर्ने क्रममा मासु पसल व्यवसायी ३८ वर्षीय नुरमहम्मद देवानलाई आइतबार साँझ करेन्ट लागेको थियो। बकर इदका लागि सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर