Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

Company Register

दुदुल्लीका २९ वर्षीय भैरै बटालाले खरको छाना भएको आफ्नै घरमा आगो लगाउँदा दुई छोरोको जलेर ज्यान गएको छ । घरायसी झगडाले बुधबार बिहान ४ बजे घरमा छोरा सुतिरहेको अवस्थामा आगो लगाएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी कुटपिट भएपछि पुस ९ गतेदेखि २७ वर्षीया पत्नी लालकौरा माइतीघर कुमालगाउ गएकी थिइन् ।

Advertisement

घरमा आगलागी हुँदा भैरैका १२ वर्षीय छोरा गणेश, ९ वर्षीय मनबहादुरको मृत्यु भएको हो भने ४ वर्षीय कान्छा छोरा खगेन्द्र घाइते छन् । घरमा आगो लगाएपछि आफूले पनि विष सेवन गरेको र ४ वर्षीय कान्छा छोरा खगेन्द्रलाई विष खुवाएको प्रहरीले जानकारी दिए । उनकाअनुसार घाइते बालकको प्राथमिक उपचार केन्द्र कुमाल गाउँमा उपचार भइरहेको छ । भैरेलाई प्रहरीले पक्राउ गरेर मान्म ल्याएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...