आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । केही समस्या नदेखिए आज सोमबार सांझसम्ममा नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएका छन् । आज बिहान १० बजेलाई बोर्डले बैठक बोलाएको छ । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।