यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

आइतबार थपिए १५७३ कोरोना संक्रमित, ८ सय ८५ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको जानकारी दिए ।

Advertisement
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५३ हजार ८ सय ९५ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या १९ हजार १९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ सय २३ जनाको पिसिआर परीक्षण गरिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ७७ पुगेको छ ।