काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली हान्यो, घाइते भएका एकजना पक्राउ

अनलाइन पत्र संवाददाता२०७६-०४-२४ No Comments

काठमाडौं : राजधानीको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार लोप्चन भन्‍ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि गोली हानिएको हो। मिलन लामाको घुँडामुनि गोली हानेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  लामालाई समात्ने क्रममा प्रहरीले दुई गोली घुँडामुनि हानेको छ। घाइते भएका लामलाई प्रहरीले तत्कालै अस्पताल लगेको छ।

उनी काठमाडौंका विभिन्‍न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ।

Chat Icon
Ad
Ad