सडकमा सरकार विरुद्ध आन्दोलन गर्दै विश्व आदीवासी दिवस मनायो

अनलाइन पत्र संवाददाता२०७६-०४-२४ No Comments

२५ औँ विश्व आदिवासी दिवस, नेपालका आदिवासीले शुक्रबार आन्दोलनका रूपमा सडकमा मनाएका छन्। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्‍ने नाराका साथ दिवस सरकारलाई खबरदारी गर्दै सडकमै मनाएका हुन्।

नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा काठमाडौंको माइतीघर मण्डलमा सडक नै ठप्प पारेर आदिवासीले सभा तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यो। सभालाई संघीय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, मगर संघका अध्यक्ष नवीन रोका मगरलगायतले सम्बोधन गरे भने सडकमै नाचगान र झाँकी प्रस्तुत गरे।

त्यसअघि विविध सांस्कृतिक झाँकीसहितको र्‍याली भृकुटीमण्डपबाट शुरु भई भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएको थियो।

Ad
Ad