वाग्मती प्रदेशको राजधानी हेटौंडामा बुधबार साँझ नेकपा (प्रचण्ड–नेपाल) पक्षले राँके जुलुस निकालेको छ । (प्रचण्ड–नेपाल) पक्षले बिहिबार देशभर आव्हान गरेको आम हड्तालको पूर्वसन्ध्यामा राँके जुलुस निकालेको (प्रचण्ड–नेपाल) पक्षका एक नेताले बताए । हेटौंडाका विभिन्न स्थानबाट निस्केको राँके जुलुस सिमाचोकमा आएर केपि चोर देश छोड , केपि ओली मुर्दावाद भन्ने नाराबाजी गर्दै जुलुस टुंगिएको थियो ।

No description available.