मिडिया कपको उपाधि टिम टिभिको पोल्टामा

रेडियो मकवानपुर तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक उत्सवको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टेलिभिजनले जितेको छ । टिम टेलिभिजन र रेडियो सन्देश बिच भएको फाईनल खेलमा निर्धारित समयमा दुबै टिमले सम्मान २।२ गोलको बराबरीमा खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । टिम टेलिभिजनले ट्राइब्रेकरमा रेडियो सन्देशलाई हराउँदै उपाधि हात पारेको हो । उपाधि जितेको टिम टेलिभिजनले नगद १५ हजार र उपविजेता रेडियो सन्देशले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad