Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

Company Register

सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले १–० गोल अन्तरले जीत हात पर्दै ऐतिहासिक उपाधि हात पारेको हो। मछिन्द्रले पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको हो । आर्मी भने दोस्रोपटक दोस्रो भएको छ। यसअघि २०६३ सालमा पनि आर्मी लिगको दोस्रो स्थानसम्म पुगेको थियो । मछिन्द्र क्लबले आर्मी विरुद्ध खेलको पहिलो हाफमै अग्रता बनाएको थियो ।

Advertisement

मछिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा अग्रता बनाएको हो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउन खोज्दा विकासको हेड बल गोल हुन पुगेको थियो। उक्त गोल बचाउन खोज्दा आर्मीका गोलकिपर विकेश कुथु घाइते भएका छन् । उनी चोटग्रस्त भएपछि आर्मीले उनको स्थानमा विवस चौधरीलाई मैदान प्रवेश गराएको थियो । विकेशको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना उपचार भइरहेको छ । ३४ औं मिनेटमा आर्मीका विकास तामाङले रोक्न खोजेको बलले पोष्ट चुमेपछि मछिन्द्रले गोल उपहार पाएको थियो । उपहार पाएको बलमा अग्रता बनाएको मछिन्द्र विरुद्ध आर्मीले गोलको अवसर पाए पनि गोल गर्न नसक्दा हार ब्येहोर्न पुग्यो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...