Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपिएल : कोलकातामाथि बेंगलोरको सहज जित

Company Register

इन्डियन प्रिमियर लिग ९आइपिएल० मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नवदीप सैनीले डेब्यू खेल खेलेका ओपनर टम ब्यान्टनलाई ८ रनमा बोल्ड आउट गरे । आठौैं ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले नितेश राणालाई ९ रनमा बोल्ड आउट गर्दै कोलकातामाथि दबाब बढाए । दशौं ओभरको तेस्रो बलमा सुभमन गिल ३४ रनमा रन आउट हुन पुगे । गिलले २५ रनमा ३ चौका र १ छक्का प्रहार गरे ।

Advertisement

मुम्बई, दिल्ली र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा रहेको छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ । सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...