मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाँउपाकिामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार बिहान मकवानपुरमा १२५ जना थपिएका संक्रमित मध्य बागमती गाउँपालिकाका १४ जना रहेको छ । बागमती गाँउपालिकाको ३ नम्बर वडा र ८ नम्बर वडाका ६ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाँईले जानकारी दिनुभएको छ । गाँउपालिकामा सोमबार १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

20201013_055802-1602548170.jpg