Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुर–कोरिया मञ्चद्वारा मकवानपुरगढीलाई स्वास्थ्य सामाग्री सहयोग

Company Register

मकवानपुर–कोरिया मञ्चले मकवानपुरगढीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरियामा रहेका नेपालीहरुले केही रकम संकलन गरी कोरोना भाइरस नियन्त्रणका लागि मञ्च मार्फत मकवानपुरगढीलाई सहयोग गरेको हो । आइतबार मकवानपुरगढी गाउँपालिकाको परिसरमा एक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री सहयोग गरेको हो । मञ्चले २५ थान पिपिई सेट, २५० सर्जिकल ग्लोब्स, १२५० सर्जिकल माक्स, ३० थान फेस शिल्ड, २५ लिटर ह्यान्ड सेनिटाईजर गरि करिब ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

 

Advertisement

स्वास्थ्य सामाग्री मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बालाई मञ्चका पूर्व अध्यक्ष, महासचिव तथा सदस्यले एकसाथ हस्तान्तरण गरेका थिए । साथै स्वास्थ्य सामाग्री उपाध्यक्ष रुम्बासँगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने साथै सिनियर अहेव लक्ष्मण दाहाल र अहेव कौशल्या धमलालाई पनि संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष रुम्बा र प्रशासकिय अधिकृत पुडासैनीले कोरियामा रहेर मकवानपुरगढी गाउँपालिकालाई सहयोग गरेकोमा सबै सहयोगि प्रवासी नेपालीहरुलाई धन्यवाद दिएका छन् ।

मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा प्रवासमा रहेका नेपालीहरुको तत्परतामा मकवानपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले मकवानपुरबाट कोरियामा गई विभिन्न पेशा ब्यवसायमा संलग्न मनकारी ब्यक्तित्वहरुले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग होस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको जानकारी दिए । मञ्चका वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्व अध्यक्षहरु दुर्गाप्रसाद दाहाल, राजकुमार गोलेलगायत मञ्चका पूर्ब पदाधिकारी एबं सदस्यहरुको सहभागिता रहेको थियो। मञ्चले आइतबार हेटौंडा अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सममाग्री र अस्पतालमा रहेको हेल्प डेक्स मकवानपुरलाई पानी सहयोग गरेको थियो । मञ्चले कैलाश र राक्सिराङ गाउँपालिकालाई पनि स्वास्थय सामाग्री सहयोग गर्ने जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...