मकवानपुरको बागमती गाउँपालिकाबाट अवैध रुपमा हेटौँडा लगिदै गरेको काठ बरामद गरेको छ । आइतबार राईगाउँबाट ट्रिफरमा ल्याउदै गरेको काठ वाईसियल नेपाल बागमती गाउँपालिकाका अध्यक्ष मुक्ति लामाको नेतृत्वमा खटेको टोलिले सो काठ बरामद गरेको हो । ५०० क्युफिट काठ बा३ख ६९५१ नम्बरको टिपरमा हेटौडातर्फ लैजादै गरिएको अवस्थामा गाउँपालिका वडा न. ४ झुरझुरेमा बरामद गरेको हो । वाइसीएलले काठसगित गाडी नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको लामाले जनकारी दिए । नियन्त्रणमा लिइएको काठसहित गाडी ईलाका प्रहरी कार्यालय फापरबारीलाई जिम्मा लगाइएको लामाले जानकारी दिए ।

काठ कसले कता लैजान लागेको हो भन्ने विषयमा कुनै जानकारी नआएको र जिम्मा लिन कोहि नआएपछि इला प्रहरी कार्यालय फापरबारीका प्रमुख कमल लुङ्गेलीलाई काठ सहित ट्रिफर जिम्मा लगाइएको लामाले जनाकारी दिए । बरामद भएको काठ नेपाली साल भएको र अहिले काठमाडौंमा त्यसको मूल्य साढे ३५ लाखसम्म पर्ने एक काठ व्यवसायीले बताए । यसरी काठ तस्कर गर्नेलाई तत्काल पक्राउ गरि कार्वाही गर्नको लागि वाईसियल नेपाल बागमती गाउँपालिकाले अपिल गरेको छ ।