Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

Company Register

कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो । खेलको एक दिन पहिले टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि समस्यामा आएको भेनेजुएला कमजोर देखियो ।

Advertisement

घरेलु टोली ब्राजिलको जितमा २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरि सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरि टिमको अग्रता दोब्बर पारे । ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो । साबिक विजेता ब्राजिलले उपाधि रक्षाको यात्रा सहज जितका साथ गरेको हो । नौपटक कोपा अमेरिका जितेको ब्राजिलले १२ वर्षपछि सन् २०१९ मा उपाधि जितेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...