हेटौंडा – स्केट खेल पारखीका लागि हेटौंडामा द स्केटपार्क एण्ड गेमिङ जोन सञ्चालनमा आएको छ । नयाँवर्ष २०८० सालको शुभकामना व्यक्त गर्दै हेटौंडा-४ हुप्रचौरमा उक्त गेमिङ जोन सञ्चालनमा आएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँले गेमिङ जोनको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उपमेयर बानियाँले स्केट खेल पारखीका लागि यस गेमिङ जोन उपयुक्त स्थान रहेको बताए । पहिलो पटक हेटौंडामा यस्तो गेमिङ जोनले स्वास्थ्यका लागि शरिरलाई फाइदा हुने बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका वडा ४ का अध्यक्ष नवीन सिग्देल, वडा १४का अध्यक्ष दीपक खड्का, १३ का अध्यक्ष पेम्बा लामा लगायत खेल पारखीहरुको आतिथ्यता रहेको थियो ।
हेटौंडाका युवा व्यवसायी ध्रुव गौतमले करिब ३० लाख लगानीमा उक्त गेम जोन सञ्चालनमा ल्याएका हुन् । गेम जोनभित्र स्केट खेल्न पाइनुका साथै अन्य खेल मनोरञ्जन पनि रहेको गौतमले बताए । स्केट खेल्न प्रतिघण्टा १५० रुपैयाँ शुल्क लाग्ने बताएका छन् ।