
मकवानपुर – वाल दिवसको अवसरमा आयोजित जनप्रिय श्रोतकेन्द्र स्तरीय नृत्य प्रतियोगितामा ज्योति मावि हर्नामाडी प्रथम भएको छ । प्रतियोगितामा वाल विद्यासदन दोश्रो, कमला आधारभुत विद्यालय तेश्रो तथा राजदेवी मावि चौथो भएका छन् ।
प्रतियोगितामा विजयी हुनेहरुलाई प्रमुख अतिथि समेत रहेका हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ का अध्यक्ष अनिल बाँनीया, जिल्ला शिक्षा महासंघका अध्यक्ष जिधराज ढकाल सहितका अन्य अतिथिहरुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । कार्यक्रम ज्योति मावि विद्यालय ब्यवस्थान समितिका सदस्य विमला विशुंकेको अध्यक्षतामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




