सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि हुने

Company Register

यातायात व्यवस्था कार्यालयका अनुसार बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ। कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाले गर्दा वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा आज सूचना निकालेर कार्यालयले भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको हो।

Advertisement

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा ९ट्रायल०मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...