लियोनेल मेसीले आज पिएसजीबाट पहिलो खेल खेल्ने भएको छ । पिएसजीले आजराती हुने रेइम्सविरुद्धको खेलका लागि घोषणा गरेको टिममा मेसीलाई समावेश गरेको सँगै पिएसजीमा मेसीको डेब्यु हुने भएको हो । रेइम्सको घरेलु मैदानमा हुने यस खेलका लागि पिएसजीले नेइमार र किलीयन एम्बाप्पेलाई पनि समावेश गरेको छ ।