2025-12-10 1:30 am

हेटौँडामा मंसिर १ गतेबाट अष्टकुमारी शाक्य स्मृति क्रिकेट हुने

जेसीआई हेटौंडाको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको अष्टकुमारी शाक्य स्मृति जिल्लास्तरीय टी २० क्रिकेट प्रतियोगिता यही मंसिर १ गतेबाट हुने भएको छ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने आयोजक हेटौंडा जेसीजका अध्यक्ष सन्देश डिसीले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै अनुशासित टिमलाई १० हजार, म्यान अफ द सिरिजलाई ५ हजार, बेष्ट ब्याट्सम्यान र बलरलाई जनही २÷२ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यो बर्षको प्रतियोगितामा सहभागी हुने टिमले जिल्ला बाहिरका ३ जना खेलाडी सहभागी गराउन पाउनेछन् ।

प्रतियोगिताको लागि हेटौंडा जेसीजका पूर्व अध्यक्ष पूर्ण शाक्यले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । क्रिकेटको कार्यक्रम संयोजकको रुपमा हेटौंडा जेसीजका कोषाध्यक्ष पुष्पराज पुडासैनी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad