Menu

भारतीय मोटरसाइकलमा आएर रौतहटको प्रहरी चौकीमा बम प्रहार

रौतहट – रौतहटस्थित एक प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर–४ स्थित मठिया प्रहरी चौकीमा ड्यूटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी बम प्रहार भएको हो ।

भारतीय नम्बर प्लेट बीआर ०५एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले बम प्रहार गरेका थिए । त्यसक्रममा प्रहरी जवान रञ्जितकुमार यादव घाइते भएका छन् । उनको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विस्फोटमा परी नजिकै चउरमा चरिरहेको एउटा बाख्रा समेत मरेको छ । बम फाल्नका लागि प्रयोग भएको मोटरसाइकलका चालक भारत घर बनाउने २५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले मोटरसाइल सहित नियन्त्रणमा लिएको छ । मोटरसाइकलको पछाडि बसेर बम फाल्ने व्यक्ति भने फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad