हेटौंडामा असोज १ देखि सिनेमा हलहरु संचालन हुँदै

Company Register

हेटौंडामा रहेको सिनेमा हलहरु असोज १ गतेबाट संचालनमा आउने भएका छन् । कारोना संक्रमण जोखिमको कारण विगत ५ महिनादेखि बन्द रहेको सिनेमा हलहरु असोज १ गतेबाट संचालनमा आउन लागेको एन एस सिनेमा हलका व्यवस्थापक कैलाश ढकालले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमतिमा असोज १ गतेबाट संचालनमा आउन लागेको बताए । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा दुई सिनेमा हलहरु रहेका छन् । दुबै हल संचालनको तयारीमा रहेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...