मकवानपुरमा जारी निषेधाज्ञा आगामी असोज १५ गतेसम्मलाई बढाईएको छ । पछिल्लो समय थपिएको निषेधाज्ञालाई थप गरी असोज १५ गतेसम्म बढाईएको हो । मंगलबार जिल्ला प्रशासन कार्र्यालय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई असोज १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ ।
यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने समयसिमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो। व्यवसाय संचालकले स्वास्थ्य मापदण्डको पालना अनिर्वाय गर्नुपर्ने प्रशासनले जनाएको छ । जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या घटे संगै प्रशासनले सबै किसिमका व्यवसाय खोल्न अनुमति दिएको हो । यद्यपी जिल्लामा संक्रमण शुल्य अवस्थामा झरेको भने छैन् ।