आजदेखि हेटौंडाका सबै निजि विद्यालयहरु खुल्ने

अनलाइन पत्र संवाददाता२०७७-१२-१८ No Comments

हेटौंडा उपमहानगरपालिका भित्रका सबै निजि विद्यालयहरु आजबाट खुल्ने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेटौंडाका बिद्यालयहरु खोल्न आग्रह गरेको छ । वातावरण प्रदुर्षण भएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले मंगलबारदेखि शुक्रबार सम्म ४ दिनका लागि देशभरका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । तर प्याब्सनले मंगलबार एक बिज्ञप्ति निकाल्दै सबै विद्यालय खोल्न आग्रह गरेको हो ।

Ad
Ad