अगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ। यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला। कसैलाई आपत्ति लाग्छ भने लागोस्। कसैलाई निद्रा लाग्दैन भने नलागोस्।’