Comments Add Comment

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान प्रकट गरि मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा , आजको दिन  शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एव गुरु पूर्णिमा एकै दिन परेको छ ‘गु’ भन्नाले अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले  जानकारी दिनुभयो ।

‘अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ, यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ, माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ’ उहाँले भन्नुभयो ।

गुरु पूर्णिमाका अवसरमा विद्यालय एवं विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने चलन छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको कारण त्यस्ता कार्यक्रम आयोजना भएका छैनन् ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर