नेपाली साहित्यको उत्थानमा क्रियाशील अलङ्कार प्रतिष्ठान नेपालले लकडाउनको विषम परिस्थितिलाइ मध्यनजर गर्दै अनलाइन साहित्यिक कार्यक्रमको पाँचौं श्रृंखला शनिवार सम्पन्न गरेको छ । प्रतिष्ठानकी अध्यक्ष भारती न्यौपाने दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गजलकार पुष्प अधिकारी अञ्जलीको प्रमूख आतिथ्यता रहेको थियो ।

करिव चार दर्जन साहित्यकारहरुको उपस्थिती रहेको गजल विशेष अनलाइन साहित्यिक कार्यक्रममा गजल विधाका उत्कृष्ठ गजलहरु वाचन गरिएका थिए । सावित्रा पाण्डे काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा देश विदेशका ख्यातिप्राप्त साहित्यकारहरु बरिष्ठ गजलकार जय गौडेल, खिलानाथ नेपाली, सुदामा कृष्ण सुवेदी, भूपेन्द्र महत, विजया बस्नेत, शेखर पाण्डे, अमृता भट्टराइ, दीपक दाहाल, दुर्गा गौतम, बाबुकाजी सुवाल, सुनिल गौतम, रविका भण्डारी सृजन अविरल लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अध्यक्ष भारती न्यौपानेे दाहाल, सावित्रा पाण्डे काफ्ले, लक्ष्मी थापा, नवीन लम्साल, सरस पाण्डे सहितले रचना वाचन गर्नुभएको थियो ।