Comments Add Comment

मकवानपुरको मतगणना स्थलमा तारजाली र सिसि क्यामरा

आज भईरहेको स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा सुरक्षा व्यवस्ता कडा पारिएको छ । जिल्लाभरको मतदान केन्द्रहरुमा मतगणना स्थल निर्माण गरिएको छ । मतगणना स्थाललाई तारजाली र सिसिटिभि क्यामरा पनि जडान गरिएको छ । जिल्लाभरको १० स्थानीय तहमा १ सय ६५ मतदान स्थलमा ३५६ मतदान केन्द्रहरु निर्माण गरिएको छ । सबै मतदान केन्द्रमा बैशाख २७ गतेनै कर्मचारीहरु पुगेर काम सुरु गरिसकेका छन् । मतदान केन्द्रमा १ हजार ७ सय ७२ कर्मचारीहरु खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर