कार्तिक १३ गते पनि सार्वजनिक बिदा !

भाइटीकाको भोलिपल्ट अर्थात १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँग प्रधानमन्त्री ओलीले मनन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफु सकारात्मक बनेको बताएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरु डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ कात्तिक मा पनि विदा दिन आग्रह गरेको थियो । भेटमा प्रधानमन्त्री केपी ओली सकारात्मक बनेका छन् ।

‘वडादशैँ, दिपावली जस्ता महान पर्वको आ–आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका सांसद श्रेष्ठले भने, ‘हामीले आज प्रधानमन्त्रीज्युलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साईत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको छ । त्यसैले भाइटिका (किजापूजा) पनि त्यस्तै हुने भयो । कात्तिक १३ मा पनि विदा चाहिन्छ भन्ने जानकारी गरायौँ । उहाँ सकारात्मक हुनुभयो ।’

प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार १३ कात्तिकमा विदा उल्लेख नभएकाले यसलाई मन्त्रिपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए । प्रदेश सांसद डा शाक्यका अनुसार ‘नेवाः समूदायको परम्परा अनुसार अहिले १२ कात्तिकमा भाइटिका मान्नै नसकिने भएकाले विदाका विषयमा पुनर्विचार गर्ने प्रधानमन्त्रीसँग आग्रह गरिएको र प्रधानमन्त्रीले ढुक्क हुन भनेको जानकारी दिए । शाक्यका अनुसार नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad